फोनिजको निर्वाचित टिमलाई जनजाति महासंघले गर्‍यो बधाई तथा जलपान

नयाँ बुलन्द

इलाम : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नवनिर्वाचित समितिलाई बधाई तथा जलपान कार्यक्रम गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ  जिल्ला समन्वय परिषद् इलामले नवनिर्वाचित समितिलाई बधाई तथा जलपान कार्यक्रम गरेको हो ।

जनजाति महासंघका अध्यक्ष चक्र येक्तेन (अभिषेक) को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष येक्तेन, महासंघका उपाध्यक्ष एवं तमु छोंजदी राष्ट्रिय परिषदका अध्यक्ष दीपक गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय उपाध्यक्ष एवं पूर्वाञ्‍चल संयोजक शाहीमान राईलगायतले नवनिर्वाचित समितिलाई बधाई र शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा फोनिज इलामका नवनिर्वाचित समिति, पूर्व पदाधिकारी, केन्द्रीय पार्षद, प्रदेश पार्षदलगायतका सहभागिता रहेको थियो ।

बुधबार इलाममा सम्पन्न (फोनिज) इलामको चौथो अधिवेशनबाट अध्यक्षमा राम योङहाङ निर्वाचित भएका छन् । अधिवेशनले योङहाङलाई अध्यक्षतामा निर्विरोध निर्वाचित गरेको हो । एक दशकदेखि सक्रिय पत्रकारिता गर्दै आएका योङहाङ इलामबाट प्रकाशन भइरहेको अनलाइन पत्रिका नयाँ बुलन्द डटकमका सम्पादक हुन् । साथै सौर्य दैनिकका जिल्ला संवादादता हुन् ।

अधिवेशनले योङहाङको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति निर्विरोध निर्वाचित गरेको छ । समितिका उपाध्यक्षमा कौशिला राई, सचिवमा याम माबोहाङ, सहसचिवमा सृजना श्रेष्ठ र कोषाध्यक्षमा बुद्धमाया सोङमी निर्वाचि भएका छन् । सदस्यहरुमा वन्दना राई, दीपक राई, सेन्छेहाङमा एवाई राई, सुनिता राई, मंगेश खाङि, सुजता सुनुवार ज्ञानु केदेम र अतित योङहाङ निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनले केन्द्रीय र प्रदेश प्रतिनिधि समेत निर्वाचित गरेको छ । यसरी निर्वाचित केन्द्रीय प्रतिनिधिहश्रमा ख्याम भुजेल, सन्तोष नेम्बाङ, दिलकुमार लिम्बू, रीता राराहाङ राई, सोमनाथ सुनुवार र सुस्मा श्रेष्ठ रहेका छन् । प्रदेश प्रतिनिधिहरुमा लोकेन थेवे, मनीप्रसाद राई, वीरबहादुर पापो र तारावीर लिम्बू निर्वाचित भएका छन् ।

अधिवेशन नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष तथा पर्वाञ्चल संयोजक शाहीमान राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार