झापा : नेपाली कांग्रेस आगामी प्रतिनिधिसभा चुनावमा झापामा एउटा सीट राप्रपालाई दिन सहमत भएको छ । राप्रपा नेताहरुका अनुसार झापा ३ राप्रपाले लिनेछ । त्यहाँ राजेन्द्र लिङदेन उम्मेदवार बन्ने तयारीमा छन् । यसअघि राप्रपा जिल्ला समितिले समेत पार्टी महामन्त्री लिङदेनलाई प्रतिनिधीसभा सदस्यमा उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिसकेको थियो । लिङदेन त्यस क्षेत्रका प्रभावशाली नेता मानिन्छन् ।
त्यस निर्वाचन क्षेत्रमा बाह्रदशी, हल्दीबारी र कचनकवल गाउँपालिकाका साथै भद्रपुर नगरपालिकाको वडा नम्बर १ देखि ८ र बिर्तामोड नगरपालिकाको वडा नम्बर १० रहेको छ । हल्दीबारी र कचनकवलमा राप्रपाले स्थानीय चुनाव जितेको छ भने बाह्रदशीमा कांग्रेस तथा विर्तामोड र भद्रपुरमा एमालेले जितेको छ ।
यदि राप्रपासँग तालमेल नगर्ने हो भने कांग्रेस नेता कृष्णप्राद सिटौलालाई चुनाव जित्न गाह्रो छ ।
यो क्षेत्र राप्रपालाई लिएर सिटौला समानुपातिकमा बस्न सक्ने कांग्रेस एक नेताले बताए । ‘यो सिटौलाका लागि पनि सहज अवतरण हुनेछ’ एक नेताले भने । तामाङका अनुसार झापा, मकवानपुर, दैलेख र बाँकेमा १–१ सीट राप्रपाले लिने सहमति भइसकेको छ ।