ज्येष्ठको हितमा अधिकारीको कोष

नयाँ बुलन्द

झापा : दिवंगत आफना पतिको स्मृतिमा दमककी एक जना दाताले स्थानीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठानमा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका छन् । दमक–६ निवासी झम्कला अधिकारीले आफ्ना स्वर्गिय पति तथा पितृहरुको स्मृतिमा घरमै लगाएको श्रीमद भागवत महापुराणको सोमबार सम्पन्न अन्तिम दिनमा दाता अधिकारीले सो कोष राखेकी हुन् ।

अधिकारीले अक्षय कोषको रकम जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालका अध्यक्ष सिताराम खतिवडालाई सोमबारनै हस्तान्तरण समेत गरेकी थिईन् । समाजका अग्रज जेष्ठ नागरिकहरुको हक हितमा रहेको संस्था जेष्ठनागरिक सम्मान प्रतिष्ठानको मातहतमा रहने गरी जेष्ठहरुको सामाजिक क्षेत्रमा खर्च गर्नको लागी अक्षय कोषको स्थापना गरिएको कोषका संस्थापक अधिकारीले बताईन् । कोष बाट प्राप्त हुने व्याजबाट प्रत्येक बर्ष जेष्ठ नागरिकहरुको क्षेत्रमा खर्च गरिने पनि उनले बताइन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार