नयाँ बुलन्द
झापा : किरात भवन रायली संघ दमकले संघका पूराना पाँच जना अग्रजहरुलाई सम्मान गर्नें भएको छ । आगामी २७ असोजमा हुने संघको ५ औ बार्षिक साधारणसभाका अवसर पारेर मरणोपान्त २ जनासहित ५ जना अग्रजहरुलाई संघले सम्मान गर्न लागेको हो ।
यसरी सम्मानीत हुनेहरुमा रायलि संघका संस्थापक अध्यक्ष स्व. सन्तकुमार वान्तवा, रायलि भवन निर्माण समितिका संस्थापक संयोजक स्व. बिष्णुहाङ सवेनहिम, सचिव धिरेन लावती, कोषाध्यक्ष हरिलाल देवान र संघका पूर्व अध्यक्ष लोकप्रसाद कन्दङवा रहेका छन् । संघको हालै सम्पन्न बैठकले उनीहरुलाई सामूहिक सम्मान गर्नें निर्णय गरिएको किरात भवन रायलि संघका महासचिव युवराज
लिम्बुले जानकारी दिए । संघको भवन निर्माण तथा सांगठानिक भूमिकामा महत्वपूर्ण योगदान पुर्याँएवापत उनीहरुलाई सम्मान गर्न लागिएको महासचिव लिम्बुले बताए । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा हुने सो साधारणसभाले संघको नयाँ नेतृत्व समेत हुने जनाईएको छ ।
२०६३ सालमा किरात राई ,लिम्बु र सुनुवार जातिय संस्थाहरुको पहलमा दुई तले किरात भवन निर्माण गरिएको हो । किरात भवनमा विभिन्न कार्यक्रमहरु सञ्चालन हुदै आएको छ । सो भवनको २०६३ चैत्र ८ गते त्तत्कालिन सभामुख सुबासचन्द नेम्बाङले भवन उद्घाटन गरेका थिए ।