धार्मिक पुस्तकको लोकार्पण

नयाँ बुलन्द

झापा : झापाको दमक-३ स्थित रामचन्द्र मन्दिर संरक्षण समितिले धार्मिक पुस्तक प्रकाशित गरेको छ ।

शुक्रवार एक कार्यक्रमको आयोजना गरि श्री राम बचनामृत २०७३ नामको धार्मिक पुस्तकको लोकार्पण गरेको छ । सो धार्मिक पुस्तकको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति प्राज्ञ गंगा प्रसाद उप्रेतीले सार्वजनिक गरेका थिए । त्यस अवसरमा कुलपति उप्रेती, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपप्रमुख गीता अधिकारीलगायतले धार्मिक पुस्तकको महत्वका बारेमा चर्चा गरेका थिए ।

पुस्तकमा दमकका सबै वडामा रहेका सबै मठमन्दिरका तथ्याङ सहितको बिवरण समाबेश गरिएको मन्दिर संरक्षण समितीका अध्यक्ष रुद्र निरौलाले जानकारी दिए ।

३१५ पेज रहेको सो पुस्तकमा बिभिन्न राष्ट्रिय स्तरका स्तम्भकारका राम र राम मन्दिर सम्बन्धीको बिभिन्न लेख तथा रचनाहरु समेत संग्रहीत छन् । कार्यक्रममा पुस्तक प्रकाशन तथा मन्दिरको भवन निर्माण गर्न सहयोग गर्ने बिभिन्न सहयोगी दाताहरुलाई सम्मान पत्र सहित सम्मान समेत गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार