खुकुरी प्रहारबाट घाइते

नयाँ बुलन्द

झापा : खुकुरी प्रहारबाट झापाको गौरादह नगरपालिका–९ स्थित बैगुन्धुराका ५७ बर्षिय कैलाश भुजेल गंभीर घाईते भएका छन् । गएराती आफ्नै दाजु ६६ बर्षिय डिकबहादुर भुजेलको खुकुरी प्रहारबाट उनी गंभीर घाईते भएका प्रहरी चौकी कुन्जीबारीले जनाएको छ । घरायसी विवादका क्रममा एक्कासी दाजुले भाईमाथि खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट शरीरको विभिन्न भागमा चोट लागेका उनको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरेहको र घटनामा संलग्न फरार डिकबहादुरको खोजी कार्य भइरहेको प्रहरी चौकी कुन्जीबारीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार