ससफो लिम्बुवान प्रदेश चुनावी कार्य योजनाका साथ अघि बढ्दै

नयाँ बुलन्द

झापा : संघीय समाजवादी फोरम लिम्बुवान प्रदेश समितिले आसन्न प्रतिनिधिसभा (संघीय संसद्) र प्रदेशसभा निर्वाचनको लागि उम्मेद्वार सिफारिस लगायत अन्य कार्य अघि बढाएको छ ।

असोज १७ गतेभित्र लिम्बुवान प्रदेश अन्तर्गतका ९ जिल्ला समितिलाई सम्भावित उम्मेद्वार चयन गरेर माथिल्लो समितिमा सिफारिस गर्न ससफो नेपाल केन्द्रीय समितिबाट जारी निर्देशन अनुसार लिम्बुवान प्रदेशले बिहीबार दमकमा बैठक बसेर उम्मेद्वार सिफारिसलाई अन्तिम रूप दिने प्रयास गरेको हो ।

बिहीबार सम्पन्न नवौं पूर्ण प्रदेश बैठकले विभिन्न जिल्लाहरुबाट प्राप्त सिफारिसहरुमा आवश्यक सुझावहरु लिएर केन्द्रीय समितिमा पठाउने निर्णय गरेको हो । पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् ससफो लिम्बुवान प्रदेश समितिका अध्यक्ष खगेन्द्र माखिमले दिएको जानकारी अनुसार विभिन्न जिल्लाहरुबाट प्राप्त उम्मेद्वारहरुको नाम माथिल्लो समितिलाई पठाउने कार्य प्रारम्भ भएको बताएका छन् । माखिमले भने –‘बिहीबारको प्रदेश बैठक सम्पन्न गरी त्यहाँ प्राप्त सिफारिसका आधारमा हामीले उम्मेद्वार चयनका लागि केन्द्रीय समितिमा पठाउन आवश्यक कार्य थालेका छौं ।’

बिहीबारको बैठकमा माखिमले लिम्बुवान प्रदेशका तर्फबाट चुनाव केन्द्रीत कार्ययोजना समेत पेश गरेका थिए । बैठकमा पेश गरिएको कार्य योजना सहभागीहरुबाट आवश्यक सुभाव लिएर परिमार्जन सहित पारित गरिएको ससफो नेपाल लिम्बुवान प्रदेश समितिका मुख्यसचिव लोकसागर साम्बाले जानकारी दिए ।

सो कार्य योजना अनुसार पार्टीका आन्तरिक विवाद समाधानका लागि तीन सदस्यीय उच्चस्तीय समिति गठन गरिएको छ । पार्टीका केन्द्रीय राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश इन्चार्ज आरसी तुम्बाको संयोजकत्वमा गठित समितिका सदस्यहरुमा राजनीतिक समिति सदस्य एवम् लिम्बुवान प्रदेश सहइन्चार्ज भूराज राई र अध्यक्ष माखिम सदस्य छन् ।

त्यस्तै निर्वाचन अनुगमनका लागि आरसी तुम्बाको संयोजकत्वमा भूराज राई, पृथ्वीनारायण कार्की, लोकसागर साम्बा, सरस्वता सिंगक, दिपक याक्खा, सुमन शर्मा जमरकट्टेल, गजेन्द्र इस्वो र दिलेन्द्र कुरुम्बाङ सदस्य रहेको निर्वाचन अनुगमन समिति गठन गरेको छ । समितिले निर्वाचनमा जिम्मेवारी अनुसार खेट्ने नेताहरुको कार्यमूल्यांकन गर्ने छ ।

चुनाव परिचालका लागि माखिमको अध्यक्षतामा ससफो नेपाल लिम्बुवान प्रदेश समितिका सबै पदाधिकारी र सदस्यहरु सम्मिलत मूल समिति गठन भएको छ । बैठकबाट लिम्बुवान प्रदेश समितिका सबै सदस्यहरुलाई जिल्लागत जिम्मेवारी तोकिएको हो । जसको सचिवालयमा निर्वाचनलाई लक्षित गरी गठन गरिएका विवाद समाधान र अनुगमन बाहेक अन्य समितिका संयोजकहरु सदस्य रहने छन् ।

ससफो लिम्बुवान प्रदेश समितिका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख कमन देवानले दिएको जानकारी अनुसार निर्वाचनलाई केन्द्रमा राखेर मुख्यसचिव साम्बाको संयोजकत्वमा जनवर्गीय संगठन परिचालन समिति गठन गरिएको छ । जनवर्गीय संगठनका इन्चार्ज र अध्यक्षहरु यस समितिका सदस्य रहने छन् ।

त्यस्तै कोषाध्यक्ष केवलराम राईको संयोजकत्वमा आर्थिक परिचालन समिति गठन भएको छ । समितिका सदस्यहरुमा  दूर्गामाया लिम्बू, सहारा थेब, बिष्णु लावती, ओममाया आङ्देम्बे, शर्मिला आङ्देम्बे, टुपेन्द्र एक्तेन र उमेश थापा छन्  । देवानका अनुसार बिनोद नेम्बाङ संयोजकत्वमा स्वयमसेवक परिचालन समिति र कमन देवानको संयोजकतजमा प्रचार प्रसार समिति गठन गर्ने कार्य योजना पनि बैठकले पारित गरेको छ ।

बिहीबारको प्रदेश बैठकले प्रदेस समिति सल्लाहकारमा महेन्द्र लावतीलाई अनुमोदन गरेको छ । विभिन्न समयमा प्रदेश समितिमा सिफारिस गरिएको प्रदेश सदस्यहरुलाई सो बैठकमा इन्चार्ज तुम्बाले पद तथा गोपनीयताको सपथ गराएका थिए । बैठकमा झापा जिल्लाका अध्यक्ष धिरेन सुब्बा लावती, इलाम जिल्लाका उपाध्यक्ष बिनोद नेम्बाङ, पान्थर जिल्ला अध्यक्ष देउमान आङ्देम्बे, ताप्लेजुङ जिल्ला इन्चार्ज निर्मला तावा, संखुवासभा जिल्ला अध्यक्ष कवानसेन राई, तेह्रथुम जिल्ला अध्यक्ष नारायण गुरुङ, धनकुटा जिल्ला अध्यक्ष बलबहादुर राई, सुनसरीबाट केन्द्रीय सदस्य पदम अधिकारी र मोरङ जिल्लाका तर्फबाट प्रदेश सहइन्चार्ज भूराज राई, शिल्पी विशेष प्रदेश लिम्बुवान उप–समितिका संयोजक मोहन सुनचिउरीले चुनाव लगायत जिल्लागत रिपोर्टिङ गरेका थिए ।

बैठका लिम्बुवान प्रदेश अन्र्तगत पार्टीका राजनीतिक समिति सदस्य, केन्द्रीय सदस्य, सल्लाहकार, बैकल्पिक केन्द्रीय सदस्यहरु, केन्द्रीय परिषद् सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार