दुई खेलाडीलाई सम्मान

नयाँ बुलन्द

झापा : दमकका दुई जना राष्ट्रिय खेलाडीलाई दमक नगरपालिकाले सम्मान गरेको छ । आज नगरपालिकाले एक कार्यक्रमका बीच बुद्धिचालका पूर्व नेपाल च्याम्पियन भुपेन्द्र निरौला (निरज) र फुट्बल खेलाडी सेसेहाङ्ग आङ्देम्बेलाई सम्मान गरेको हो ।

आङ्देम्बे दमक –१ निवासी हुन भने निरौला दमक– ६ निवासी हुन् । दुवैलाई सम्मान पत्रसहित नगद रु ११ हजार १ सय ११ रुपैया सहित सम्मान गरिएको थियो ।

द्धय खेलाडीलाई नगरपालिकाका प्रमुख रोमनाथ ओली र उपपप्रमुख गिता अधिकारीले सम्मान प्रदान गरेका थिए । चेस र फूटबल खेलमा महत्वपूर्ण योगदान पुर्याँएवापत द्धय खेलाडीलाई प्रोत्साहन दिनसम्मान गरिएको नगर प्रमुख ओलीले बताए । सम्मान प्रदान गदंै नगर प्रमुख ओलीले यस्ता सम्मानले खेलाडीको मनोबल बढ्ने र अझ राम्रो गर्न प्रोत्साहान मिल्ने जोड दिए ।

त्यस्तै उपमेयर गिता अधिकारीले सानो रकमको सम्मान भएपनि सम्मानले खेलाडीहरुको बृद्धिविकासमा ठूलो महत्व राख्ने औल्याईन् । उनले भनिन्,–‘ नगरपालिकाले लुकेका राम्रा खेलाडीहरुको खोजी गर्दै आगामी दिनमा सम्मानलाई निरन्तरता दिन्छौ ।’

कार्यक्रममा दमक उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहाल लगायतको उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार