नयाँ बुलन्द
झापा : भारतीय नम्बर प्लेटको पिकअप भेनले ठक्कर दिँदा झापाको कमल गाउँपालिकामा एकजना पैदलयात्रीको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा कमल गाँउपालिका–५ का ४५ वर्षीय खेम चौलागाईंको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एस के ०१ जे १७७० नम्बरको पिकअपले आज विहान मर्निङ वाकमा हिँडेका चौलागाईंलाई स्थानीय सावित्रा चौकस्थित सडक खण्डमा बिहान ४ बजे ठक्कर दिएको थियो ।
दुर्घटनाबाट गम्भीर घाइते उनको दमकस्थित लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिप्रका झापाले जनाएको छ । घटनामा संलग्न पिकअप र त्यसका चालकलाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरि आज विहाननै जिल्लाको कमल गाँउपालिका–६ स्थित खयरबारी नजिकैको सिसौ घारीको जंगलमा एक जना अर्धवैशे पुरुषको शव फेला परेको छ । अन्दाजी ४५ बर्षिय जस्ता देखिने वतन खुल्न नसकेको ती पुरुषको शव सिसौको रुखमा झुण्डिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।