नयाँ बुलन्द
पाँचथर : एमाले पाँचथरले केन्द्र र प्रदेश सभामा हुने निर्वाचनका लागि उम्मेद्वार सिफारिस गरेको छ ।
बुधबार बसेको जिल्ला कमिटिको १९ औं बैठकले आकांक्षीहरुको छनौट गरेको हो । केन्द्रिय संसदका लागि सर्वसम्मतीमा एमाले जलस्रोत तथा उर्जाबिभाग सचिव बसन्त कुमार नेम्वाङलाई छानेको छ भने केन्द्रिय सदस्य डम्बर सिंह सम्वाहाम्फे समानुपातिकमा छनौटमा परेका छन् ।
प्रदेशको प्रतक्ष्य र समानुपातिकमा भने धेरै भीड लागेको छ । प्रदेश संसदीय निर्वाचन क्षेत्र ‘क’ बाट ५ जना आकांक्षी रहेका छन । पहिलो नम्बरमा तिबेन्द्रराज चापागाई रहेका छन् । चापागाइले समावेसिरुपमा पनि उमेद्वारी पाउनु पर्ने माग आम कार्यकर्ताको रहेको छ । उनी जिल्ला सचिव पनि हुन ।
सांसद बनी सकेका अर्का हस्ती गणेश कुमार काम्वाङ पनि प्रदेशका आकांक्षी हुन् । त्यस्तै भवानी प्रसाद लिङदेन , महेन्द्रबिक्रम थाम्सुहाङ , थुमनाथ चापागाई रहेका छन । त्यस्तै प्रदेश ‘ख’ बाट नरेन्द्र बस्नेत , छवी लावती, मेघराज घिमिरे, कृष्ण आङदम्वे, गंगा चेम्जोङलगायत नया अनुहार रहेका छन् । त्यस्तै समानुपातिक तर्फ निर्वाचन क्षेत्र ‘क’ बाट उपेन्द्र दंगाल , आशारत्न जवेगू , बिरदल राई , तारा खपाङगी , रमा खवाश , रहेका छन । निर्वाचन क्षेत्र ‘ख’ बाट समानुपातिक तर्फ नर बहादुर खड्का , गोन्दी तामाङ , डाईबरसिंह महरा , शन्त राई र करुण राईले दावी गरेका छन । स्थानीय स्तरमा सहमती हुन नसकेर स्थायी समितिमा सिफारिस गरीएको प्रचार बिभाग प्रमुख तथा प्रदेशसभाका दावेदार तिवेन्द्रराज चापागाईले जनाएका छन ।
त्यस्तै जिल्लामा माओबादी केन्द्रले यस अघिनै केन्द्रिय संसदकाका लागि श्रीप्रसाद जबेगूलाइ छनौट गरी चुनावी अभियान सुरु गरी सकेकोे छ । प्रदशेका लागि स्थायी समितिका सदस्य मौसम र पार्टी इन्चार्ज मिक्सोलाई छानेको छ ।