संघीय समाजवादी फोरम पाँचथरद्वारा उम्मेद्वार सिफारिस

नयाँ बुलन्द

पाँचथर : आसन्‍न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संघीय समाजवादी फोरम नेपाल पाँचथरले उम्मेद्वार सिफारिस गरेको छ ।

प्रतिनिधि सभाका लागि एउटै मात्र निवार्चन क्षेत्र रहको पाँचथरमा फोरमले प्रत्यक्षतर्फ पार्टीका केन्द्रीय सदस्य तथा पाँचथर इन्चार्ज मुकुम नेम्बाङ र केन्द्रीय सदस्य प्रेमराज लावतीलाई सिफारिस गरेको छ ।

प्रदेश सभाका लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट लिम्बुवान प्रदेश समिति सदस्य सजिब योङ्या र रणसिंह लक्सम तथा जिल्ला उपाध्यक्ष बिर्ख वाईबालाई सिफारिस गरेको छ । त्यस्तै क्षेत्र नम्बर २ बाट वैकल्पिक केन्द्रीय सदस्य जेन्टल लावती, लिम्बुवान प्रदेश उपाध्यक्ष भवानी आङ्देम्बे र सचिवालय सदस्य एबिराज आङ्देम्बेलाई सिफारिस गरेको छ ।

यसैगरी प्रतिनिधि सभा समानुपातिकतर्फ बिजयबिक्रम यक्पाङ्देन, दिपेन्द्र आङ्देम्बे, राजेन्द्र जबेगू, धिरेन सम्बाहाम्फे, मनु लावती नेम्बाङ र प्रबिन नेम्बाङ सिफारिस भएका छन् ।

प्रदेश सभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट सजिना सेलिङ, सुजाता राई, हर्कबहादुर योङ्याङ, हरिराज लोवा, सुनिल नेपाली तथा क्षेत्र नम्बर २ बाट खगेन्द्र माखिम, महेन्द्रसुन्दर नेम्बाङ, एल.बी. रहपाल, गोपाल राई, देबेन्द्र नेम्बाङ / युद्धबहादुर बोहोरा सिफारिस भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार