कृष्ण ओझा
पाँचथर : नेपाली काँगे्रस पाँचथरले केन्द्र र प्रदेश सभामा हूने निर्वाचन का लागी उमेद्वार सिफारिस गरेको छ ।
जिल्ला कार्यसमितिको बैठकले आकांक्षीहरुको छनौट गरेका हुन् । केन्दी्रय संसदका लागी भिष्मराज आङदम्बे, मित्रप्रसाद काफ्ले र, डिकेन्द्र चेम्जोङलाई सिफारिस गरीएको छ ।
१ नम्बर क्षेत्रबाट प्रदेश सभाका लागि बालकृष्ण ओझा, पत्रकार लवदेव ढूंगाना, नरेन्द्रकुमार केरुङ, रुपनारायण जवेगू रहेका छन् । २ नम्बर क्षेत्रबाट प्रदेशसभाका लागि सुरेन्द्रकुमार दाहाल, बिरेन्द्रकुमार खड्का, धर्मेन्द्रविक्रम नेम्वाङ र सूर्यकूमारी नेम्वाङ लगायत ६ जना रहेका छन् ।
संघको समानुपातिकतर्फ पूर्णकुमार शेर्मा, दिपकप्रकास बाँस्कोटा, चन्द्रकला केरुङ, कृष्णकुमारी खतिवडा रहेका छन् ।
त्यस्तै प्रदेश सभा समानुपातिकतर्फ क्षेत्र नम्बर १ बाट अम्बिका न्यौपाने, हरिप्रसाद ओझा, मधू जवेगू, पूर्णबहादूर नेपाली, विश्वराज योङया, यज्ञ भट्टराई, छबि बाँस्कोटा, सूरेन्द्र तिम्सिना, नारायण कोईराला, जयप्रसाद रिजाल लगायत १४ जना रहेका छन् ।
त्यस्तै क्षेत्र नम्बर २ समानुपातिकतर्फ हरिराज आङदम्बे, धनेन्द्र चेम्जोङ, रामराज आङदम्बे, गंंगामाया आङदम्बे, आशा आङदम्बे, निरबहदुर धमला र पत्रकार बिपेन्द्र गौतम रहेको पार्टीका यूवा नेता बालकृष्ण ओझाले जानकारी दिए ।