नयाँ बुलन्द
ओखलढुंगा : व्याकुल माइला गोल्डकपको सातौं संस्करण यही बिहीबार कोजाग्रत पूर्णिमाको दिन सुरु हुने भएको छ ।
ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६,हिलेपानी–सोक्माटारस्थितदूधकोसी किनारमाप्रतियोगिता सञ्चालनहुने गोल्ड कपमूल समारोह समितिले जनाएको छ । प्रतियोगिताको समापन आगामी २७ असोजमा हुनेछ ।
समितिका अनुसार राष्ट्रियगान रचनाकार व्याकुल माइलाको नामबाट उनकै जन्मथलोमा विकासमुखी सामाजिक अभियान सञ्चालन गरी पिछडिएको गाउँको समुन्नतिमा योगदान पुर्याउन २०६८ सालदेखि बर्सेनि फुटबल प्रतियोगिता हुँदै आएको हो । प्रतियोगितामा यसपटक २०–२२ टिम सहभागीहुँदै छन् ।
उपाधि विजेतालाई चाँदीको कप, मेडल र प्रमाणपत्रका साथै नगद पुरस्कार १ लाख, उपविजेतालाई ५० हजार र तेस्रोलाई २५ हजार प्रदानगरिनेछ । चाँदीको कप प्रथमलाई १०१ तोला, द्वितीयलाई ८५ र तृतीयलाई ६५ तोलाको छ । सबैभन्दा अनुशासित टिमलाई १० हजार नगदराशिको ‘दिल–कर्ण बेस्ट टिम अवार्ड’ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, गोलरक्षक र सर्वाधिक गोलकर्ताले पदक र प्रमाणपत्रसहित.५/५ हजार नगद पुरस्कार पाउनेछन् ।
कपको व्यवस्था बेलायत बस्दै आएकाभूतपूर्व ब्रिटिसगोर्खा सैनिक अमृतबहादुर राई, डिल्लीबहादुर राई, नवल राई र श्रीमती गौतामाया राई, कर्णबहादुर राई र श्रीमती दिलकुमारी राईले गरिदिएका हुन्।
‘खेलकुदको माध्यमबाट विकासको अभियान.भन्ने नाराका साथ आयोजना हुँदैआएको यस खेलकुद प्रतियोगिताको मुख्य उद्देश्य सामाजिक परिवर्तन, रूपान्तरण र विकास रहेको छ’, आयोजक संस्थाले जारी गरेको प्रेस नोटमा लेखिएको छ, ‘व्याकुल माइला जन्मिएको हिलेपानी–सोक्माटार गाउँ एक कुना–कन्दरा हो, विकास निर्माणको दृष्टिकोणले ओझेलमा परेको छ ।’
फुटबल खेलका अतिरिक्त विकास निर्माणको पहल, निःशुल्क स्वास्थ्य शिविर, फुटबल प्रशिक्षण, शैक्षिक सामग्री वितरण, स्थानीय विद्यार्थीका लागि छात्रवृत्तिको समन्वय, लोकनृत्य प्रशिक्षण, कृषितालिम, बायोब्रिकेट तालिम, र्याफ्टिङ, लोकनाचको प्रस्तुति, सांगीतिक कार्यक्रम आदि पनि हुँदै आएको जनाइएको छ । यस पटक लोकसांस्कृतिक नाचको प्रस्तुति, निःशुल्क स्वास्थ्य शिविर, महिला फुटबल प्रतियोगिता र सामाजिक तथा सांस्कृतिक चेतनामूलक चलचित्र प्रदर्शन गरिने भएको छ ।
प्रतियोगिता आयोजकमा मूल समितिसहित दूधकौशिका प्रावि, नयाँ नेपाल सरोकार समाज र हिलेपानी फुटबल क्लब छन् ।