शुभ दसैं…

नेपाली हिन्दुहरुको महान् चाड वडादसैं घरआँगनमा आइपुगेको छ । टाढाटाढा रहेका परिवारका सदस्यहरु घरमा फर्किसकेका छन् । पारिवारिक जमघट सुरु भईसकेको छ । वर्ष दिनमा मानाईने चाडमध्ये सबैभन्दा धेरै दिन मनाउने यस चाडका लागि सबैको आआफ्नै प्रकारको तयारी भईरहेको छ ।

मीठो खाने, राम्रो लगाउने, रमाईलो गर्ने तथा आफन्तसँग भेटघाट गर्ने समय तालिका मिलाउने क्रम सुरु भएको छ । घरहरु लिपपोत गरी रङ्गीचङ्गी बनाउने र दसैंलाई स्वागत गर्ने गाउँगाउँमा हतारो छ । ठाउँठाउँमा पिङ लगाउन थालिएको छ । दसैंको अवसरमा गाउँमा विभिन्न सांगितीक, साँस्कृतिक र खेलकुदका कार्यक्रमहरु सुरु भएका छन् ।

वडादसैंको नाम जोडेर शुभकामना आदानप्रदान गर्ने कार्यक्रम अघिल्लो सातादेखि नै सुरु भईसकेको छ । विभिन्न सञ्चावरमाध्यम र सामाजिक सञ्जानलहरु दसैंको शुभकामनाले रङगिएका छन् । यसले वडा दशैंलाई भव्य रुपमा स्वागत गरिरहेको छ ।

दसैंलाई विगतदेखि नै एकअर्कासँग शुख, दुःख बाँड्ने अवसरको रुपमा लिईएको छ । अघिपछि कामको व्यस्तताले आफ्न्त भेट्न नपाएकालाई पारिवारिक जमघट गर्ने अवसरको रुपमा लिईएको छ ।

दसैंले सामाजिक सम्बन्धलाई विकसित बनाउनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । वर्षौंदेखिको सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्दै आएको छ । हाम्रो जस्तो विविधतायुक्त नेपाली समाजमा सामाजिक एकताको ठूलो महत्व बोकेको छ । जसले समाजमा रहेको वर्षौंदेखिको सामाजिक सद्भावलाई अझ दह्रो बनाउँदै ल्याएको छ । धार्मिक सहिष्णुतालाई बचाई राख्न सहयोग गरेको छ ।

तसर्थ यस वर्षको दसैं पनि सधैंको जस्तै तपाईको लागि अत्यन्त उपयोगी बन्न सकोस् । सामाविक सद्भाव र सामाजिक एकता कायम गर्न कोशेढुङ्गा सावित होस् । धार्मिक सहिष्णुतामा थप बल पुगोस् । सकरात्मक पक्षको विस्तार र नकरात्मक पक्षको निराकरण गर्न शक्ति प्राप्त होस् । घाँटी हेरी हाड निल्ने प्रवृतिको विकास होस् । भड्किलो नबनाई आफू सुहाउँदो बनाउने र मनाउनेमा सबैको जोड होस् । दसैंको शुभकामना । शुभ दसैं‍…

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार