नश्ल सुधारतर्फ कृषकको आकर्षण बढ्दै

सुजता सुनुवार

इलाम : इलाममा यस वर्ष कृतिम गर्वाधानका पशुको संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७२/७३ को तुलनामा गत आर्थिक वर्ष २०७३/७४ मा तीन हजार आठ सय ४२ ले वृद्धि भएको जिल्ला पशु सेवा कार्यलय इलामले जनाएको छ ।

कार्यलयको तथ्याङ्क अनुसार जिल्लामा आर्थिक वर्ष २०७२÷७३ मा ११ हजार ४२४ मा कृतिम गर्वाधान गराइएका थिए भने आर्थिक वर्ष २०७३/७४ मा १५ हजार २६६ मा कृतिम गर्वाधान गराइएको छ ।

समयको वचत हुनु , नश्ल सुधार गरिएका पशुले धेरै दुध दिनु , जस्ताले पनि पछिल्लो समय कृषक नश्ल सुधारतर्फ आकर्षित हुदै गएको जिल्ला पशु सेवा कार्यलय इलामका प्राविधिक डिकबहादुर कार्कीले बताए ।

जिल्लामा अहिले ११ स्थानमा नश्ल सुधार सेवा केन्द्र सञ्चालनमा रहेका छन् । प्राइभेटबाट भने १६ वटा सेवाकेन्द्रबाट सेवा प्रदान हुदै आएको कार्यलयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार