नयाँ बुलन्द
झापा : नेपाली कांग्रेस दमक नगर समितिले आगामी केन्द्र र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेद्वारहरुको नाम क्षेत्रीय समितिलाई सिफारिस गरेको छ ।
पार्टी कार्यालयमा सम्पन्न केन्द्रीय सांसदको लागि प्रत्यक्षमा प्रकास प्रसाईं, डाक्टर खगेन्द्र अधिकारी, रेणुका बुढाथोकी र पर्शुराम रिजालको नाम सिफारिश गरेको छ । त्यसैगरी समानुपातिकमा शुरेस सुब्बा, महेन्द्रकुमारी लिम्बु, रोशन विष्ट र वर्तबहादुर धिमालको नाम सिफारिस गरिएको नगर सभापति रोशन विष्टले जानकारी दिए ।
त्यस्तै बैठकले प्रदेशसभा सदस्यका लागि प्रत्यक्षमा दिलबहादुर बुढाथोकी, राजनबहादुर ढुंगाना, रोशन कुमार गौतम, भुमिराज राई, मन्दरा पौडेल, देवीप्रसाद दाहाल, बबरजंग थापा र उमाकान्त आचार्यलाई सिफारिस गरेको छ भने प्रदेशसभाको समानुपातिक तर्फ शेरबहादुर भट्टराई, हुकुमसिंह राई, रेगिना भट्टराई, लता चपागाईं, चन्द्रा खड्का भट्टराई, लता चापागाईं, गणेशबहादुर बुढाथोकी, प्रथम धिमाल र तेजु धिमाललाई सिफारिस गरिएको पार्टी सभापति विष्टले जानकारी दिए ।
पार्टीको नगर समितिले सिफारिस गरेको नामावली क्षेत्रीय समितिले जिल्लालाई र जिल्ला समितिले यहि असोज १७ गते भित्रमा केन्द्रमा सिफारिस गरेर पठाउने छ । जिल्लाले पठाएको शिफारिसलाई आधार मानेर केन्द्रले आगामी तिहार अघिनै उम्मेद्वारको टुंगो लगाउने पनि नगर सभापति विष्टले जानकारी दिए ।