बिरामी पत्रकार राईलाई सहयोग हस्तान्तरण

विरामी पत्रकारको रकम हस्तान्तरण गरिदै

नयाँ बुलन्द

झापा : मुटुरोगी धनकुटाका पत्रकार सञ्जयसन्तोषी राईको उपचारका लागि झापा, दमकका पत्रकारहरुले मंगलवार एक मुष्ठ २० हजार रुपैया बढी रुपैया गरेका छन् ।

नेपाल प्रेस यूनियन माईपश्चिम क्षेत्रीय समितिले संकलन गरेको २० हजार २ सय १० रुपैया सहयोग गरेको हो । सो सहयोग रकम यूनियनका क्षेत्रीय अध्यक्ष तथा स्थानीय स्तरमा गठित सहयोग संकलन समितिका संयोजक विष्णु सुब्बाले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य उद्दव तिम्सीनालाई उक्त संकलित रकम हस्तान्तरण गरे । सहयोग रकम बुझदै कार्यक्रमका प्रमुख अतिथी समेत रहेका केन्द्रीय सदस्य तिम्सिनाले पीडित राईको खातामा मंगलवारनै रकम जम्मा गरिने बताएका थिए ।

महिनादिन अघि राईको मुटुको काठमाण्डौस्थित शहिद गंगालाल हृदय रोग केन्द्रमा शल्यक्रिया भएको थियो । यूनियनका अध्यक्ष सुब्बाका अनुसार मुटुरोगी पीडित पत्रकारको थप उपचारमा थोरै भएपनि सहयोग पुर्याँउन हेतुले एकसातामा त्यतिका सहयोग संकलन भएको छ ।

सोहि अवसरमा यूनियनले वडादशै,दिपावली तथा छैठ पर्व–२०७४ को उपलक्ष्यमा समेत शुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको थियो । त्यस अवसरमा दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारी, कांग्रेसका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, महासमिति सदस्यद्धय शुरेस सुब्बा, शेरवहादुर भट्टराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य गगन पुरी, राप्रपा प्रजातान्त्रिकका जयबहादुर श्रेष्ठ, अग्रज पत्रकार गञ्जबहादुर दाहाललगायतले चाडपर्वले भाईचारा कायम गर्न सहयोग पुग्ने औल्याएका थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमका संयोजक गिरीराज भट्टराईले स्वागत मन्तव्य राखेका थिए भने सो कार्यक्रममा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिपक गिरी, हिमशिखर टिभीका अध्यक्ष धु्रव न्यौपाने, प्रेस सेन्टरका जिल्ला अध्यक्ष टिकाराम उप्रेती, सेन्टरका केन्द्रीय सदस्यहरु डण्डीराज घिमीरे, बिमल लामिछाने, कांग्रेस महाधिबेशन प्रतिनिधीहरु रेगिना भट्टराई, आइन्द्रविक्रम केरुङ, सत्यनारायण चौधरी, दमक जेसीजका महासचिव चन्द्र खत्री, पत्रकार मञ्चका अध्यक्ष विष्णु पोख्रेल ,सामाजिक अगुवाहरु चन्द्र गजमेर, रवि न्यौपाने, शेरवहादुर श्रेष्ठलगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार