अखिल क्रान्तिकारी नेतृत्वलाई सम्मान

नयाँ बुलन्द

झापा : नेकपा माओवादी निकट अखिल क्रान्तिकारी झापाले नवनिर्वाचित केन्द्रीय कमिटीका पदाधिकारीहरुलाई सामूहिक रुपमा सम्मान गरेको छ ।

संगठनको हालै काठमाण्डौमा सम्पन्न सम्मेलनबाट निर्वाचित जिल्लाका सात जना केन्द्रीय नेतृत्वलाई सम्मान तथा १६ जनालाई कदर पत्रसहित विदाई गरिएको जिल्ला अध्यक्ष कुमार खतिवडाले जानकारी दिए ।

विद्यार्थी हकहितमा उल्लेखनीय योगदान पुर्‍याएवापत नवनिर्वाचित केन्द्रीय अध्यक्ष रञ्जित तामाङसहितका विद्यार्थी नेताहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानीत हुनेमा संगठनका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेत, केन्द्रीय सचिव मदन भट्टराई र केन्द्रीय सदस्यहरु अनिल सुवेदी, भक्त शंकर र प्रतिक कडरिया रहेका छन् ।

यस्तै ज्योति भट्टराई, महेन्द्र भट्टराई, कुलबहादुर बस्नेत, हैकम सिंहलगायत १६ जना संगठनका निर्वतमान विद्यार्थी नेतृत्वलाई कदरपत्र सहित विदाई गरिएको थियो ।

त्यस अवसरमा संगठनका केन्द्रीय अध्यक्ष तामाङ, माओवादी केन्द्रका जिल्ला इन्चार्ज झलकसिंह दर्लामी, नेपाल राष्ट्रिय प्राध्यापक संघका केन्द्रीय संयोजक अखिलेश्वरलाल दाशलगायतले बोलेका थिए  ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार