बाढीपीडितलाई दैनिक राहत हस्तान्तरण

 

नयाँ बुलन्द

झापा : झापाको कमल गाँउपालिकाका बाढीपीडित ३९ परिवारलाई सरकारले उपलब्ध गराउने दैनिक राहत ५ लाख बढी रुपैया वितरण गरिएको छ ।

बाढीबाट पूर्ण रुपमा प्रभावित भएका पीडितलाई राहत पुर्‍याउन दैनिक ७० रुपैया उपलब्ध गराउने नेपाल सरकारको कार्यक्रम अनुसार कमल गाँउपालिका वडा नम्बर १ र २ का ३९ परिवारलाई प्रति एक जनालाई २१ सयका दरले एक मुष्ठ एक महिनाको राहत रकम वितरण गरिएको हो ।

कमल गाँउपालिकाका कार्यकारी अधिकृत राजकुमार शाक्यका अनुसार समयगढ र ढ्याङग्रे खोलाबाट पीडित बनेका ३९ परिवारलाई नगद राहत प्रदान दिईएको हो । ती राहत गत सोमबार गाँउपालिकाका उपाध्यक्ष बेणु शिवाकोटी, नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखा सचिव पारसमणी राईलगायतले हस्तान्तरण गरेका थिए ।

त्यस गाँउपालिकामा पीडितलाई पहिलो चरणमा जम्मा ५ लाख ६९ हजार १ सय रुपैयाँ वितरण गरिएको कार्यकारी अधिकृत शाक्यले बताए । गाँउपालिकामा बाँकी रहेका बाढीपीडितहरुलाई अर्को चरणमा राहत रकम प्रदान गरिने जनाईएको छ ।

सरकारको दैवी प्रकोप उद्दारक समिति मार्फत गत साउनको अन्तिम सातातिर आएको बाढीबाट विस्थापित भएका परिवारलाई दैनिक रु ७० रुपैया उपलव्ध गराउदै आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार