राष्ट्रिय बहुमुखी सहकारीको साधारणसभा

नयाँ बुलन्द

झापा : झापाको दमक-८ स्थित राष्ट्रिय बहुमुखी सहकारी संस्थाको मंगलवार १८ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ । स्थानीय रेडक्रस भवनमा एक कार्यक्रम गरि आफनो विभिन्न कार्यक्रमहरुको आयोजना गरि बार्षिक साधारणसभा सम्पन्न गरेको हो । त्यस अवसरमा संस्थाले गत बर्ष उत्कृष्ठ कारोबार गर्ने बचतकर्ता, ऋणी ,ज्येष्ठ सदस्य तथा शेयर सदस्यका परिवारबाट एसइइ परिक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै पुरस्कार समेत प्रदान गरिएको थियो ।

बृद्धबृद्धा तर्फ हरिलाल देवान, चन्द्रमाया गोले, विट्रिस सेना तर्फ पदम बहादुर गुरुङ, भारतीय सेना तर्फ बोलबहादुर राई, नेपाल प्रहरी तर्फ रामबहादुर वान्तवालाई सम्मान गरिएको संस्थाका सचिव धनराज राईले जानकारी दिए ।

त्यस्तै गएको बर्ष संस्थाका बचत तर्फ कारोबार गर्ने ६ जना, ऋणी तर्फ ५ जना शेयर सदस्यहरुलाई पुरस्कार प्रदान गरिएको थियो । संस्थाले एसइई परिक्षामा उत्कृष्ठ ल्याउने शेयर सदस्यका परिवारबाट मक्सद राई,मनिस धिमाल,रेजिना खतिवडा, बबिता गुरुङ,योक्फीहाङ लिम्बु र रोश राईलाई नगद,प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो ।

साधारणसभाको उद्घाटनमा संस्थाका अध्यक्ष जीतमान राईले सञ्चालक समितिका तर्फबाट अध्यक्षको प्रतिवेदन र लेखा संयोजक रामकुमार राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । ती दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको व्यवस्थापक कृष्ण गोलेले बताए । संस्थाले गएको बर्षमा शेयर पूंजी ४ करोड ८३ लाख ४५ हजार पुर्याँएको छ भने त्यस वर्ष ५१ करोड २६ लाख ९ हजार ४ सय ९१ रुपैया निक्षेप संकलन , बचत फिर्ता ४६ लाख २६ हजार ९९ हजार ७ सय ३१ ,ऋणलगानी तर्फ रु १४ करोड ११ लाख ६८ हजार ७९ रुपैयाको कारोबार गरेको जनाईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार