युवा संघद्वारा जनप्रतिनिधिलाई सम्मान

चेतन आङथुपो

चुलाचुली : युवा संघ नेपाल चुलाचुलीले नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिदिलाई सम्मान तथा शुभकामना अआदनप्रदान कार्यक्रम  सम्पन गरेको छ ।

युवा संघ नेपाल चुलाचुली गाउँ कमिटीका अध्यक्ष नगेन्द्र श्रेष्ठको संयोजकत्व रहेको कार्यक्रममा नेकपा एमाले इलामका कार्यालय सचिव नवराज शखरको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई, उपाध्यक्ष निर्मला दाहाल,  वडाबाट निर्वाचित प्रतिनिधिहरू वडा नम्बर २ का रणबहादुर लिम्बू, ४ का कालिप्रसाद भट्टराई, ५ का चन्द्रकुमार थापा, वडा ६ का हेमन्त राई लगायतलाई टोपी र खदा ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा सवै निर्वाचित प्रतिनिहरूको तर्फबाट विजयादशमी तथा शुभदीपावली एवं छठ पर्वको शुभकामना आद्नप्रदान कार्यक्रम भएको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार