चाडबाडमा सुरक्षा व्यवस्था कडा

चाडबाडको समयमा हुन सक्ने दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले इलाममा पैदल यात्री तथा बटुवालाई पर्चापम्लेट वितरण तथा ट्राफिक नियम सिकाउँदै एक ट्राफिक प्रहरी ।

नयाँ बुलन्द

इलाम : मुख्य चाडवाड नजिकिदैं जा“दा इलामको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ । वडादशैं र दिपावली नजिकिदैं जा“दा जिल्लामा सुरक्षा व्यवस्थालाई कडा बनाउ“दै लगिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सुरक्षा प्रबन्धलाई प्रभावकारी बनाउनका लागि मोटरसाइकल गस्ति बढाएको छ भने सरप्राइज चेकिङ सुरु गरेको छ । दशैं तिहारमा हुने अपराधिक गतिविधि तथा घटनाहरुलाई निरुत्साहित गर्न तथा त्यस्ता खाले घटना हुन नदिन सुरक्षा व्यवस्थालाई मजबुद बनाइदंै लगिएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले चेकिङ राजमार्ग र बजार क्षेत्रमा बढि मात्रामा गरिरहेको छ ।

त्यसैगरी चाडबाडमा सवारी दुर्घटना अत्यधिक हुने सम्भावना भएकाले दुर्घटना न्यूनीकरण गर्नका लागि ट्राफिक चेकिङलाई पनि कडाई गर्न थालेको छ । वित्तीय संस्था आर्थिक कारोबार बढि हुने तथा बढि मानिसको भीडभाड र चहलपहल हुने क्षेत्र तथा ठाउूहरुमा पनि सुरक्षा व्यवस्थालाई कडाई बनाइएको प्रहरीले जनाएको छ ।

सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनका लागि बढि मात्रामा सादा पोशाकका प्रहरी समेत परिचालन गरीएको छ । चाडबाडको समयमा कुनैपनि घटना भएमा वा हुने संकेत देखिएमा तत्काल नजिकको प्रहरी कार्यालय तथा १०० मा खबर गरीदिन पनि प्रहरीले सबैमा आग्रह गरेको छ ।

बैंकिङ क्षेत्रमा चाढबाडमा बढि कारोबार हुने भएकाले प्रहरीले बैंकका प्रमुखहरुलाई सुरक्षा सतर्कता सम्बन्धी जानकारी गराइ सकेको छ । रमाइलोको नाममा जुवातास खेलेको तथा खेलाउने गरेको, मादक पदार्थ सेवन गरी हो हल्ला झैभगडा गरेको पाइएमा तत्काल पक्राउ गरी कानुनी कारवाही गरिने प्रहरीले चेतावनी समेत दिएको छ ।

खुला सीमानाको फाइदा उठाएर अवैध रुपमा सामग्री नेपाल भित्राउने तथा अपराधिक क्रियाकलाप गर्ने मनाशयले पटक लगायतका बिस्फोटक पदार्थ भित्राउन सक्ने हुँदा त्यस्ता सम्भावित नाकामा पनि सुरक्षा व्यवस्थालाई मजबुद बनाइएको प्रहरीको भनाई छ ।

चोरी, डकैती, लुटपाट, चन्दा, झैझगडा लगायत अन्य आपराधिक घटना बढि हुने हुँदा यस्तो क्रियाकलाप हुन नदिन अहिले प्रहरीले विषेश सतर्कता अपनाएको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार