दमक-८ को वडा कार्यालय सञ्‍चालनमा

नयाँ बुलन्द

झापा : दमक नगरपालिकाले सोमबारदेखि वडा नम्बर ८ मा वडा कार्यालय सञ्चालनमा ल्याएको छ । नगरपालिकाका उपप्रमुख गीता अधिकारीले एक कार्यक्रमका बीच वडा कार्यालयको उद्घाटन गरिन् । त्यस अवसरमा उपप्रमुख अधिकारीले वडातहबाट उपलब्ध हुने सवै सेवालाई सहज रुपमा सुविधा पुर्याँउन शुरुवात गरिएको बताईन् ।

स्थानीय तहमा जनप्रतिनिधीहरु आएको तीन महिना पछि नगरपालिकाले वडा तहमा सेवा शुभारंभ गरिएको नगरपालिकाले जनाएको छ ।
दमकको १० वटा वडामध्ये पहिलोपटक दमक–८ वडामा नगरपालिकाले वडा कार्यालय सञ्चालनमा ल्याएको हो । नगर उपप्रमुख अधिकारीले भनिन्, ‘वडाबाट पाउने सवै सुविधा पुर्याँउन नगरपालिकाले काम थालेको छ ।’ सो वडा कार्यालय स्थापना गरिएलगत्तै दशैपछि दमक वडा नम्बर ३ मा समेत वडा कार्यालय सञ्चालनमा ल्याउन काम थालिएको नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले बताए । उनले वडातहमा सेवा पुर्याँउन आन्तरिक तयारी तीव्र पारिएको जनाए ।

त्यस्तै वडाध्यक्ष पशु्पतिराज गौतमले वडातहबाट जनताले पाउने सुविधाहरु दिनका लागि वडा कार्यालयबाट सवै सेवा दिन प्रयतन्शील रहेको जानकारी दिए ।

वडा सदस्य मीना प्याकुरेलले स्वागत मन्तव्य राखेकी थिईन् भने कार्यक्रमको सञ्चालन वडासदस्य भिम चम्लागाईले गरेका थिए । सो कार्यक्रममा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था,सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार