नवमीमा स्वास्थ्य सम्बन्धी तालिम सम्पन्‍न

विमल अधिकारी

नवमी : देउमाइ नगरपालिका-९ नवमीमा स्वयंसेविकाहरुलाई क्षमता अभिवृद्धि तथा स्वास्थ्य सम्बन्धी तीन दिने तालिम आज सम्पन्‍न भएको छ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक उथान्सिल परियोजना इलामको आयोजनामा सञ्चालित उक्त तालिममा साबिक जीतपुर गाबिस भित्रका स्वस्थ्य स्वयंसेबिका हरुलाई क्षमता अभिवृद्धि तथा नेतृत्व विकास, पोषण, परिवार नियोजन, सुरक्षित गर्भपतन, एचआइभी एड्स, नसर्ने रोगहरु लगायतका बारेमा प्रशिक्षण दिइएको थियो ।

जीतपुर उपस्वास्थ चौकीका इन्चार्ज राजकुमार चौधरी र प्राथमिक स्वास्थ केन्द्र मङलबारेकी स्टाफनर्स गरीमा नेपालीले सहजीकरण गरेको तालिममा २५ जनाको सहभागीता रहेको थियो ।

सो तालिम यसअघि ३ देखि ५ असोजसम्म सिद्धिथुम्कामा संचालन भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार