वीरगञ्ज : वीरगञ्ज महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसलाई पछि पार्दै संघीय समाजवादी फोरमका उम्मेदवारले अग्रता लिएका छन् ।
शनिबार साँझ ३९००० मत गणना हुँदा कांग्रेसले भन्दा फोरम नेपालका उम्मेदवारले ७२ मत बढी ल्याएका छन्। फोरम नेपालका उम्मेदवार विजय सरावगीले ८४१० मत ल्याएका छन् भने कांग्रेस उम्मेदवार अजय द्विवेदीले ८३३८ मत पाएका छन् ।
त्यस्तै तेस्रो स्थानमा रहेका राजपा नेपालका उम्मेदवार राजेशमान सिंहले ६१४३ मत ल्याएका छन्। उपप्रमुखमा भने कांग्रेस उम्मेदवारले संघीय समाजवादी फोरमकी उम्मेदवारले भन्दा करिब १६ सय मत बढी ल्याएकी छन्। कांग्रेस उम्मेदवार शान्ति सिंहले ९६४५ मत पाएकी छन् ।