‘अव आईएलओ आफै कार्यान्वयन गछौं’
नयाँ बुलन्द
झापा : जनजातिका अधिकार सम्बन्धी अन्तराष्ट्रिय सन्धि आइएलओ १६९ कार्यान्वयन गर्न सरकारलाई दबाब दिदै पूर्वमा आन्दोलनरत संघीय लिम्बुवान पार्टी नेपालले शुक्रवार दमकमा विरोध र्याली निकालेको छ ।
दमकको किरात भवनबाट सुरु भएको र्यालीले दमकको चौक ,वजार परिक्रमा गरेर पुनः गणतन्त्र चौकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा आयोजक संघीय लिम्बुवान पार्टीका नेताहरुले आदिवासी,जनजातिका अधिकार शुनिश्चित गर्नका लागि आईएलओ १६९लाई नेपाल सरकारले कार्यान्वयन गर्नुपर्ने जोड दिएका थिए । उनीहरुले संघीयतामा देश रुपान्तरित भए पनि आदिवासी,जनजातिले आईएलओमा उल्लेखित अधिकार नपाएको भन्दै कार्यान्वयन गर्न पहल नगरिए अव आदिवासी,जनजातिहरुले आफै कार्यन्वयन गर्ने चेतावनी दिए ।
कार्यक्रममा सम्बोधन गर्दै पार्टी अध्यक्ष कुमार लिङ्देन मिराकले राज्यले आदिबासी जनजातिको जल, जङ्गल र जमिनमाथि दिनदहाडै आक्रमण गरिरहेकोमा आपत्ति जनाउदै अव त्यसो हमला भए त्यसको रक्षा गर्न यहाँका भूमिपुत्रहरु तयार रहेको बताए ।‘ हामी हाम्रो भूमिमाथि कसैको दासत्व स्वीर्कार्न सक्दैनौ’ कोणसभाका मुख्य वक्ता समेत रहेका अध्यक्ष लिङदेनले अव पनि राज्यले जर्वजस्त दमनमा उत्रिए त्यसको जवाफ दिन तम्तयार रहेको चेतावनी दिए ।
दमकमा निर्माण हुने भनिएको औद्योगिक पार्क र बुद्धको मूर्ति जस्ता सार्वजनिक महत्वको विषयमा एमालेले राजनीति गरेको उल्लेख गर्दें उनले विकास निर्माणमा राजनीति चालवाजीको विरुद्धमा अव लिम्बुवानका कार्यकर्ताहरु चुप लागेर नबस्ने सुझाए । एमालेप्रति निकै कडा रुपमा प्रस्तुत भएका नेता लिङदेनले भने,–‘ लिम्बुवानी भूमिमाथि यहाँका आदिबासी जनजातिलाई नसोधी एकलौटी राज्यले दमन गर्न नीति लिए त्यसको जवाफ दिने छौ ।’ उनले मंसीरमा हुने भनिएको प्रदेश र संसदको निर्वाचनमा संघीय लिम्बुवान पार्टीले अप्रत्याशित नतिजा ल्याउने जिकीर गरे । ‘ राज्यको दुवै निकायमा हाम्रो उपस्थिति बलियो हुने छ’ आसन्न निर्वाचनको लेखाजोखा गदै अध्यक्ष लिङदेनले भने ।
कोणसभामा पार्टीका उपाध्यक्ष बिसेन्द्र चेम्जोङले आगामी चुनाबको तयारी सुरु भएको बताएका थिए । उनले आदिवासी,जनजातिलाई अधिकार नदिने चालाबाजी हुदै आएको र अव त्यस्ता चालवाजी विरुद्ध लिम्बुवान पार्टी दर्विलो ढंगले जाईलाग्ने चेतावनी दिए ।
सो कोणसभाको समापन कार्यक्रम संयोजक तथा पार्टीका उपमहासचिव दिलकुमार लावतीले गरेका थिए । विरोध प्रर्दशनमा झापा, मोरङ ,सुनसरीका विभिन्न क्षेत्रहरुबाट कार्यकर्ता ओसारेर शक्ति प्रर्दशन गरेका थिए । र्यालीमा विभिन्न ब्यानर, प्लेकार्ड र लिम्बुवानको झन्डा बोकेर कार्यकर्ताहरु सहभागि भएका थिए ।