जनमैत्री प्रहरी सेवा अभियान सुरु

नयाँ बुलन्द

इलाम : ‘शान्ति सुरक्षा र सुसासन, जनमैत्री हाम्रो प्रशासन’ नामक अभियान शुक्रबार देशैभर एकसाथ सुरु भएको छ । जनमैत्री प्रहरी सेवा लागु गर्ने उदेश्यले सुरु भएको अभियानको इलामका लागि बिराटनगर उच्च अदालत इलाम इजलासका मुख्य न्यायधीस रमेश पोख्रेलले उद्घाटन गरे ।

समाजमा शान्ति सु–व्यवस्था कायम गर्न, नागरिकलाई छिटो छरितो सेवा प्रदान गर्न र परेको बेला आवश्यक सेवा गर्न यो अभियान थालिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख विपिन कर्माचार्यले जानकारी दिए ।

कार्यक्रममा नेपाल सरकार गृह मन्त्रालयद्वारा निर्माण गरिएको कार्यपत्र इलामका प्रहरी प्रमुख कर्माचार्यले प्रस्तुत गरेका थिए । यस अभियान अन्तर्गत अपराध न्युनीकरण गर्न जनचेतना मुलक कार्यक्रम सञ्चालन गरिने, इलामका होटलहरुमा बस्न आउनेहरुको ‘गेष्ठ रजिष्टेशन’ गरिने, स्थानीयसँग सम्बन्ध बढाउने लगायतका कार्य गरिने कार्यक्रममा जानकारी गराइयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाल बराल, नेकपा एमालेका अध्यक्ष राम राना, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज धिरेन्द्र शर्मा (रमण) लगायतले मन्तव्य राख्दै अभियानको सफलताको शुभकामना दिएका थिए ।

यस अघि प्रहरीले ‘मुस्कान सहितको सेवा’ अभियान समेत सञ्चालन गरेको थियो । सो कार्यक्रम खासै प्रभावकारी नभएको नागरिकको गुनासो भइरहेको बेला अर्को अभियान सुरु भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार