श्री नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि, कमलादी, कमलपोखरी, काठमाण्डौंको नाममा जारी गरिएको अत्यन्त जरुरी सुचना

जिल्ला समन्वय समिति
जिल्ला प्राविधिक कार्यालय
ईलाम बजार, ईलाम

(सुचना प्रकाशित मिति २०७४।०६।०५)

श्री नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि, कमलादी, कमलपोखरी, काठमाण्डौंको नाममा जारी गरिएको अत्यन्त जरुरी सुचना

जिल्ला प्राविधिक कार्यालय, ईलाम/उन्नति समावेशी आर्थिक कार्यक्रम अन्तर्गत ठेक्का नंं DTO/UNNATI/Ilam-03/072/73 फिक्कल नयाबजार सडक निर्माण कार्यको लागी 28 November, 2016 (२०७३।०८।१३) मा तपाई श्री नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रा.लि, काठमाण्डौं र यस कार्यालय बिच सम्झौता भइ उक्त सडकको काम सम्पन्न गर्नुपर्ने अवधी 27 February, 2018 (२०७४।११।१५) सम्म रहेकोमा हाल सम्म ६७ प्रतिशत समय ब्यतित हुँदा पनि कामको भौतिक प्रगति जम्मा १० प्रतिशत मात्र रहेकोले सम्झौताको General condition of contract को Clause No: 1.1 (u) अनुसारको कार्य भएको नदेखिएको साथै निर्माण कार्यमा उल्लेखनिय प्रगती नभएकाले General condition of contract को Clause No: 56.2 (c) र सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम सम्झौता अन्त्य किन नगर्ने ? यस सम्बन्धमा तपाईको आधार प्रमाण भए सो समेत राखी यो सुचना प्रकाशित भएको मितिले ७ दिन भित्र यस कार्यालयमा स्पष्टीकरण पेश गर्नु हुन सुचित गरिन्छ । अन्यथा सम्झौताको General condition of contract को Clause No: 56.2 (c), 58 र सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ बमोजिम हुने व्यहोरा समेत सुचित गरिन्छ ।

प्रमुख जिल्ला ईन्जिनियर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार