कार्यनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न

नारायण तुम्बापो

पाँचथर : मर्सीकोर नेपालको सहयोग तथा सहमति संस्थाको आयोजनामा फिदिम ३ लालीखर्कमा कार्यनीतिक योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ ।

समथिङ फाउण्डेसन नेपालको स्थानीय व्यावस्थापनमा असोज ३, ४ र ५ गतेसम्म गोष्ठी सञ्चालन भएको थियो । गोष्ठीमा गैर सरकारी संस्थाद्वारा अल्प तथा दिर्घकालिन रुपमा तयार गरिने कार्यनीतिक योजना बारे छलफल गरिएको थियो । जस अन्तरगत संस्थाको परिकल्पना, कार्यक्षेत्र, मानव संशाधन, उदेश्य, लक्ष बारे व्यापक अन्तरक्रिया गरिएको थियो ।

यस क्रममा संस्थाका सवल पक्ष, कमजोरी, अवसर तथा वाधाका विषयमा पनि मन्थन गरिएको थियो । छलफलबाट सामाजिक न्याय, सुशासन, र समृद्ध समाज निर्माणका लागि स्थापित नेतृत्वदायी संस्थाले मात्र लक्षको गन्तव्य हासिल गर्ने निष्कर्ष निकालीएको फाउण्डेशन अध्यक्ष मंगल बेघाले बताए ।

गोष्ठीमा १६ जना फाउण्डेसनका कार्यसमिति तथा साधारण सदस्यहरुको सक्रिय सहभागीता रहेको थियो । सहमतिका कार्यकारी निर्देशक करुणा सागर सुवेदी र सहमतिकै सदस्य शिव सुवेदीले गोष्ठीको सहजिकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार