सिरहा : जिल्लाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ ।
बुधबार राति सम्पन्न भएको मतपरिणामअनुसार विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का सत्यनारायण यादवले एक हजार २८० मत प्राप्त गरे । तेस्रोमा नेकपा (माओवादी केन्द्र) का सतदेव यादवले एक हजार २५४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, सो गाउँपालिकाको उपप्रमुखमा संघीय फोरम नेपालकी अरहुलादेवी सिंह दुईहजार सात मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी ललितादेवी यादवले एक हजार २२० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ