नयाँ बुलन्द
इलाम : नेकपा माओवादी केन्द्र इलामले आगामी मंसिरमा हुने प्रतिनिधि सभार र प्रदेश सभाको निर्वाचनका लागि उमेद्वार छनौट गरेको छ ।
माओवादी जिल्ला कमिटि बैठकले प्रदेश सभा र संघको लागि प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उमेद्वार छनौट गरेको हो । बैठकले प्रतिनिधि सभाको लागि प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट धिरेन्द्र शर्मा (रमण) र क्षेत्र नम्बर २ बाट हर्क लावती (कान्छा) लाई छनौट गरेको छ । शर्मा माओवादी केद्र इलामका इञ्चार्ज तथा पार्टीको पोलिटव्यूरो सदस्य हुन् । लावती माओवादी केन्द्र इलामका सहइञ्चार्ज हुन् । यसैगरी समानुपातिकतर्फ टिका घिमिरे र सोममाया राई (सिन्धु) लाई उमेद्वार छनौट रहेको छ ।
यस्तै प्रदेशसभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ को १ बाट तेजबहादुर राई (बिजय) र २ बाट श्रीमान् राई उमेद्वारमा छनौट भएका छन् । यसैगरी क्षेत्र नम्बर २ को १ बाट लक्ष्मण राई (जमन) र २ बाट अनिल बराइली छनौट भएका छन् । समानुपातिकतर्फ राम राई, उर्मीला तामाङ, किरण सुनुवार, ओमबहादुर गुरुङ्ग, शान्ता बस्नेत, प्रेम नाछिरिङ्ग र पवन शंकरलाई उम्मेद्वारमा सिफारिस गरेको छ ।
बैठकले अन्य पहिचानवादी पार्टीसँग तालमेलका लागि सहइञ्चार्ज टिका घिमिरेको संयोजत्वमा वार्ता समिति समेत गठन गरेको छ । त्यस्तै निर्वाचनका लागि क्षेत्र नम्बर १ मा राज राई र २ मा राज थापाको संयोजत्वमा निर्वाचन परिचालन समिति गठन गरेको माओवादी केन्द्र इलामले जनाएको छ ।