मोरङको कानेपोखरीमा आगलागी, एकै परिवारका ४ को मृत्यु

मोरङ : जिल्लाको कानेपोखरी गाउँपालिका–३ हर्कपुरस्थित एक घरमा आगलागी हुँदा एकै परिवारका ४ जनाको ज्यान गएको छ । ५५ वर्षीय चन्द्रबहादुर राईको काठको दुईतले घरमा बिहीबार बिहान ३ बजे अचानक आगलागी हुँदा उनीसहित ४ जनाको ज्यान गएको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी विष्णुहरि कोइरालालेआगलागीबाट घरभित्र सुतेका चन्द्रबहादुर, उनकी ८६ वर्षीया आमा गंगामाया राई, उनकी श्रीमती ४६ वर्षीया पार्वता राई र बहिनी ४४ वर्षीया विष्णुमाया राईको मृत्यु भएको जानकारी दिए ।

आगो विराटनगर, इटहरी र दमकका समेत गरी तीनवटा वारुणयन्त्र, स्थानीयवासी र प्रहरीको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा लिइएको थियो । आगलागीको कारण खुल्न नसकेको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी काेइरालाले जानकारी दिए ।

अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार