विष्णु गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमलाई

सर्लाही : सर्लाहीको विष्णु गाउँपालिका नेपाल लोकतान्त्रिक फोरमको पकडमा गएको छ । फोरमले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको हो ।

अध्यक्षमा जवाहरलाल यादव १९४६ मतसहित विजयी भए । निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका अरविन्दकुमार सिंहले १५४९ मत ल्याए ।  उपाध्यक्षमा उषादेवी १९३२ मतसहित विजयी भइन् ।

उपाध्यक्षमा भने निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका अन्जुकुमार बैठा थिए । उनले १७२१ मत ल्याए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार