विमल अधिकारी
जीतपुर : दउमाई नगरपालिकास्थित जीतपुरका बालबालिकाहरुलाई दुई लाख ५१ हजार बराबरको सहयोग सामाग्री वितरण गरिएको छ ।
साबिक जीतपुर गाउँ विकास समितिको अघिल्लो आर्थिक वर्षको बालबालिका लक्षित कार्यक्रम अन्तरगत क्यान्सर पीडित विद्यार्थी सोनम मगरलाई १० हजार, गरिब विद्यार्थीलाई विद्यालय पोशाक तथा खाद्यान्न वितरण, अपांग बालबालिका हरुलाई झुल तथा म्याट, बाल क्लबहरुलाइ क्षमता अभिवृद्धि कार्यक्रमको लागि ३२ हजार, बाल बिकास केन्द्रलाई ११० थान बालमैत्री कुर्सी र १३ थान टेबल तथा विद्यालयलाई विविभन्न खेल सामग्री प्रदान गरियो ।
बाल संरक्षण तथा सम्बर्द्धन उपसमितिको आयोजनामा भएको कार्यक्रममा देउमाई नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रेमसागर बरालको प्रमुख आतिथ्यता र उपसमितिका संयोजक ज्ञानप्रसाद फुएलको सभापतित्वमा सम्पन्न भएको थियो ।