पर्सामा फोरम पहिलो, दोस्रोमा एमाले र माओवादी

वीरगञ्ज : २ नम्बर प्रदेशको सबैभन्दा बढी गाउँपालिका भएको जिल्ला हो, पर्सा । २ नम्बर प्रदेशको एकमात्रै महानगरपालिका पनि पर्सामै पर्छ । यो जिल्लाको मतगणनाको प्रारम्भिक रुझानले एमाले, माओवादी र संघीय समाजवादी फोरमको अग्रता देखाएको छ ।

१४ स्थानीय तहमध्ये फोरम ४ स्थानीय तहमा अगाडि छ भने एमाले र माओवादी तीन–तीन स्थानीय तहमा अगाडि छन् । कांग्रेस दुई स्थानीय तहमा अगाडि छ भने राजपा र जनता दलले एक–एक स्थानीय तहमा अग्रता लिएका छन् ।

वीरगञ्ज महानगरपालिकामा अग्रता लिएको राजपा अन्य स्थानीय तहमा प्रतिस्पर्धामा देखिएको छैन । जिल्लामा नामै नसुनिएका नेपाली जनता दलले कालिकामाई गाउँपालिकामा शुरुदेखि नै अग्रता कायम राखेको छ ।

एमालेले पर्सागढी नगरपालिका र बिन्दबासिनी तथा पटेर्वा सुगौली गाउँपालिकामा अग्रता लिएको छ । सखुवा प्रसौनी गाउँपालिकामा एमाले र फोरमको हाराहारी मत छ ।

संघीय समाजवादी फोरमले पोखरिया नगरपालिकासहित धोबिनी,जगनाथपुर सखुवा प्रसौनी गाउँपालिकामा अग्रता लिएको छ । कांग्रेसले बहादुरमाइ नगरपालिका र जिराभवानी गाउँपालिकामा अग्रता लिएको छ । माओवादीले छिपहरमाई, पकहामैनपुर र ठोरी गाउँपालिका अग्रता लिएको प्रारम्भिक रुझानले देखाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार