धनुषामा फोरम अगाडि, कांग्रेस-एमाले टक्कर

धनुसा : प्रदेश नम्बर २ अन्तर्गत सोमबार निर्वाचन भएको धनुषाका १८ स्थानीय तहमध्ये १३ स्थानको प्रारम्भिक नतिजा प्राप्त भएको छ।

यसअनुसार संघीय समाजवादी फोरमले ४ वटा स्थानमा अग्रता हासिल गरेको छ भने नेपाली कांग्रेस र एमाले ३-३ स्थानमा अगाडि रहेर टक्करमा छ। तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २ र राजपा नेपालले १ स्थानमा अग्रता हासिल गरेको छ।

कांग्रेस:

  1. धनुषाधाम नगरपालिका
  2. मिथिलाविहारी गाउँपालिका
  3. बटेश्वर गाउँपालिका

एमाले:

  1. मिथिला नगरपालिका
  2. मुखियापट्टी मुसहरमिया गाउँपालिका
  3. औरही गाउँपालिका

संघीय समाजवादी फोरम:

  1. कमला नगरपालिका
  2. क्षिरेश्वरनाथ नगरपालिका
  3. हंसपुर नगरपालिका
  4. जनकनन्दनी गाउँपालिका

माओवादी केन्द्र:

  1. सवैला नगरपालिका
  2. धुनषाधाम नगरपालिका

राजपा नेपाल:

  1. जनकपुर उपमहानगरपालिका

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार