पर्सा : पर्साको पोखरिया नगरपालिकामा संघीय समाजवादी फोरमको अग्रता कायमै रहेको छ । संघीय समाजवादी फोेरमका मेयर प्रद्युम्न चौहान ५६० मतका साथ अग्र स्थानमा छन् । उपमेयरमा पनि समाजवादी फोरमकै सल्मा खातुन ५३८ मतका साथ अग्र स्थानमा छन्।
जनता दलका मेयरका उम्मेदवार दीनारायण रौनियारको २४७ र उपमेयरका उम्मेदवार बिणा देवी २८१ मत छ । माओवादी केन्द्रका मेयरका उम्मेदवार योगानन्द चौहानको १९५ र उपमेयर उम्मेदवार लक्ष्मी कुशवाहा १९४ मत । नेकपा एमालेका मेयरका उम्मेदवार बृजेश चौहानको ४१ र उपमेयरका उम्मेदवार मीना देवी ३२ मत छ । नेपाली कांग्रेस मेयरका उम्मेदवार रामेश्वर रौनियारको ७२ र रहना खातुनको ५० मत छ ।