मंगलबारेमा टंकमाया गौतम स्मृति बुद्धिचाल सुरु

फाइल तस्विर

नयाँ बुलन्द

इलाम : पश्चिमी इलामको देउमाई नगरपालिका स्थित मंगलबारेमा टंकमाया गौतम स्मृति १ नम्बर प्रदेश स्तरीय बुद्धिचाल (चेस) प्रतियोगिता सुरु भएको छ ।

नेपाल बुद्धिचाल संघ र जिल्ला बुद्धिचाल संघ इलामको संयुक्त आयोजनामा सुरु भएको प्रतियोगितामा १ नम्बर प्रदेशका १० जिल्लाका ४० जनाले खेलाडिको सहभागिता रहेको नेपाल बुद्धिचाल संघका केन्द्रिय उपाध्यक्ष बिदुर गौतमले जानकारी दिए ।

प्रतियोगितामा बिजेताले नगद २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले नगद १० हजार रुपैंयाँ सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । यस्तै उत्कृष्ठ सत्रभित्र पर्नेलाई पनि नगद पुरस्कार दिइनेछ । पुरस्कारमा मात्र एकलाख रुपैंयाँ खर्च हुने आयोजकले जनाएको छ । स्विस लिगको आधारमा यो प्रतियोगिता खेलाडि सङख्या कम्ति भएकाले सात राउण्डमा खेलाउने आयोजकले जनाएको छ ।

यो प्रतियोगिता अन्तराष्ट्रिय स्तरको रेटिङ प्रतियोगिता हो । प्रतियोगितामा नयाँ खेलाडिलाई रेटिङ प्राप्त गर्ने अवसर र रेटिङका खेलाडिलाई रेटिङ अपग्रेड गर्ने अवसर समेत रहेको गौतमले बताए ।

एक वर्ष अघि मृत्यु हुनु भएका मंगलबारेकी टंकमाया गौतमको बार्षिकीमा आमाको सम्झना स्वरुप यो प्रतियोगिता आयोजना गरेको उपाध्यक्ष तथा मृतक गौतमका छोरा बिदुर गौतमले बताए ।

प्रतियोगितामा दुईलाख ७५ हजार रुपैंयाँ खर्च लाग्ने अनुमान गरीएको छ । यता प्रतियोगिताको औपचारी उद्घाटन आज गरेपनि खेल भोलि बिहानबाट हुनेछ । उद्घाटन कार्यक्रम जिल्ला बुद्धिचाल संघका जिल्ला अध्यक्ष याम लिम्बूको अध्यक्षता एवं देउमाई नगरपालिकाका प्रमुख सूर्य पोख्रेलको प्रमुख आतिथ्यमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार