सप्तरीमा एक नकली मतदाता पक्राउ

राजविराज : प्रदेश नं. २ अन्तर्गत सोमबार भएको तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट सोमबार एक नक्कली मतदाता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय सञ्जय चौधरी रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए ।

सञ्जयले दुर्गानन्द चौधरीको नामबाट मतदान गर्न नक्कली मतदाता बनेर आएको निर्वाचनमा खटिएका पधाधिकारीले फेला परेपछि त्यहाँ खटिएका सुरक्षाकर्मीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक सिंहले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार