‘एन्टि-सुसाइड मुभमेन्ट’कार्यशाला सम्पन्‍न

नयाँ बुलन्द

झापा : युथ फर ब्लड झापाको संयोजन र सिंहदेवी माध्यमिक विद्यालयको सहयोगमा एक दिने ‘एन्टि-सुसाइड मुभमेन्ट’ अन्तर्गतको कार्यशाला सम्पन्न गरीएको छ ।

दमक नगरपालिकाका उपमेयर गीता अधिकारी र वडा नम्बर १० का वडा अध्यक्ष बोधराज न्यौपानेको उपस्थितीमा सम्पन्न कार्यशालामा माध्यमिक तहका १२० विद्यार्थीमा युवा अवस्थामा आउने समस्या र समाधानका बारेमा छलफल गरीएको थियो। कार्यक्रममा सन्तोश दुलाल, गुञ्जन लुइटेल र भुपेन्द्र काफ्लेले धारणा राखेका

थिए । युथ फर ब्लड झापाले ‘एन्टि-सुसाइड मुभमेन्ट’ अन्तर्गत दमक नगर क्षेत्रमा सचेतना कार्यक्रम लगातार रुपमा संचालन गर्दैआएको छ । पछिल्लो समय झापा क्षेत्रमा बढ्दो आत्महत्याका घटना दर न्युनिकरण गर्ने उदेश्यले यस प्रकारको कार्यक्रम संचालन गरीएको हो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार