चुलाचुलीमा झोलुङ्गे पुल शिलान्यास

चेतन आाङथुपो

चुलाचुली :  दक्षिणी इलामको चुलाचुली गाउँपालीका वडा नम्बर ५ बुकुवा र झापाको सीमाना जोड्ने रतुवा खोलास्थित सेल्फी झोलुङ्गे पुलको शिलान्यास भएको छ । पुलको शिलान्यास पूर्व  स्थानिय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले गरेका हुन् ।

३०४ मिटर लम्वाई रहेको झोलुङगे पुल निर्माण भएपछि वडा नम्बर  ४ र ५ का गरी पाँच हजार सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष हर्क लाओतीले बताए । लावतीका अनुसार, आर्थिक वर्ष २०७५ को कार्तिकसम्म निमार्ण सम्पन हुनेछ । पुल निर्माणका लागि स्थानीय विकास मन्त्रालयबाट दुई करोड २९ लाख अनुदान प्राप्त भएको छ ।

वर्सेनि रतुवा खोलाबाट कष्ट खेप्दै आएका स्थानीयवासीको दैनिकी झापा दमकमा रहेको तथा बजार, अस्पताल, कलेज, मजदुरीको लागि जाने केन्द्र रहेकाले गर्भवती, सर्पदंश तथा विराम पर्दा तुरून्तै पार गर्ने पुल नभएकाले आफ्नो पार्टीको पहलमा योजना परेको नेकपा माओवादी केन्द्रका स्थानीय नेता सुकबहादुर लावतीले बताए ।

गएको बाढीले चुलाचुली गाउँपालिका वडा नम्बर २ र ३ बीचमा ७० लाखमा निर्माण भएको चाँजु खोलाको झोलुङगे पुल उद्घाटन नभई बगाएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार