अनूगमन हुन्छ, कानूनी कार्वाहि हूँदैन

कृष्ण ओझा 

पाँचथर : पाँचथरमा अनूगमन समितिले बजार अनूगमन गरेको छ । शनिबार फिदिमका पसलहरुमा अनूगमन गरीएको हो । पसलहरुमा दसैँ अघि र पछि अनूगमन गरीन्छ । अनूगमन गरीएता पनि अखाद्य वस्तूलाई नस्ट पारिन्छ । कानूनले दिएको खाद्यको अधिकारलाई उपभोग्य वस्तूमा ध्यान नदिएको उपभोक्ताले भन्दै आइरहेका छन् । जिल्लाप्रशासन र प्रहरी ,उद्योग बाणिज्य संघ, स्थानीय प्रतिनिधिहरुले पसल तथा भण्डारहरुमा अनूगमन गरेका हून् । अनुगमनबाट म्याद गूज्रीएका १लाख मूल्य बराबबरको बिभिन्न अखाद्य वस्तूहरु बरामत गरी नष्ट गरेको प्रहरीले जनाएको छ ।

सूर्तिजन्य वस्तूको इजाजत नभएका पसलले अन्य व्यवसायमा मिसाएर बिक्री वितरण गरिरहेका छन् । अवैधतामा संलग्न झोले व्यापारीलाई कूनै कार्वाहि आजसम्म नभएको उपभोक्ताले जनाएका छन् । कुनैपनि व्यवसायिहरुलाई आजसम्म पनि कार्वाहि नभएको एक ब्यापारीले बताए । अझ रमाइलो के छ भने अबैध बिदेशी रक्सी बोडरबाट बरामत हूने गर्दछ ।

ठूलै संख्यामा बरामत हूने गरेको पेयपदार्थ खाल्डोमा पोख्दा जिब्रो कतिको रसाउदो हो । अबैध व्यसायिहरुलाई कानूनी कार्वाहीमा सरोकारवालाले गरेको पाइदैन । सम्बेदनसिल स्वास्थ्य क्षेत्रका निजी तथा सरकारी औषधि पसलमा अनुगमन विभागका प्रतिनिधिले खर्च जूटाउन सम्बन्धीत निकायका प्रतिनिधिविना क्लिनीकमा छापामारेको एक व्यवसायील गूनासो सूनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार