नयाँ बुलन्द
इलाम : आदर्श साहारा क्लब माङसेबुङ-२ खाम्नुवा इलामको सातौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले दिपेन्द्र नेम्बाङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिका उपाध्यक्षमा पवन राई र कृष्णा लिम्बू, सचिवमा अशेष राई, सहसचिवमा शक्ति राई र कोषाध्यक्षमा शकिला नेम्बाङ राई चयन भएका छन् ।
सदस्यहरुमा गञ्जबहादुर राई, विनोद राई, धनकुमार राई, फूलकुमारी नेम्बाङ, कपिलमान लिम्बू, विक्रम राई, पूर्णहाङ लिम्बू, मनु लिम्बू र दीपा लिम्बू चयन भएका छन् ।
नवनिर्वाचित पदाधिकारीहरुलाई अध्यक्ष मण्डलका संयोजक एवं क्लबका संस्थापक अध्यक्ष विनोद नेम्बाङले पद तथा गोपनियताको सपथ गराएका थिए ।
साथै अधिवेशनले विनोद नेम्बाङ, पुकारराज राई, राजेन्द्र नेम्बाङ, रामकुमार राई र गजेन्द्र राई रहेको सल्लाहकार समिति समेत चयन गरेको छ ।