स्पर्श अतित योङहाङ
इलाम : उद्यमशीलता सम्बन्धी एक दिवसीय अभिमुखीकरण तथा शुभकामना आदान प्रदान कार्यक्रम शनिबार इलाममा सम्पन्न भएको छ ।
छिरविरे इलामको आयोजनामा भएको कार्यक्रममा घरेलु तथा साना उद्योग विकास समिति इलामका उद्यम विकास सहजकर्ता निरोज रार्इले सहजीकरण गरेका थिए । कार्यक्रममा छिरविरेका २९ जनाको सहभागीता रहेको थियो । कार्यक्रममा उद्यमशिलता, व्यवसाय/आयआर्जन, व्यवसायका प्रकारहरु/व्यवसाय छनौट गर्ने आधारहरु लगायतका विषयमा छलफल भएको थियो ।
साथै सोही कार्यक्रमका अवसरमा विजयदशामी तथा शुभदिपावली २०७४ को शुभकामना आदानप्रदान समेत गरिएको छ ।
छिरविरे इलामले सिर्जनशीलता, नेतृत्व विकास, व्यक्तित्व विकास साथै विभिन्न चेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छिरविरे प्रमुख वर्षा शेर्माले जानकारी दिइन् ।