बोर्नमाउथसंग ब्राइटन २–१ ले पराजित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथले ब्राइटनलाई २–१ ले पराजित गरेको छ ।

बोर्नमाउथको जितमा एण्ड्रयु सर्मन र जर्मेन डिफोले एक एक गोल गरे । ब्राइटनका लागि सोली मार्चले एक गोल गरे । खेलको ५५ औं मिनेटमा मार्चले गोल गर्दै ब्राइटनलाई सुरुवाति अग्रता दिलाए । तर ६७ औं मिनेटमा सर्मनले बोर्नमाउथका लागि बराबरी गोल फर्काए । ७३ औं मिनेटमा डिफोले गोल गरेपछि बोर्नमाउथले २–१ को जित हात पार्यो ।

प्रिमियर लिगको यो सिजनमा बोर्नमाउथको पहिलो जित हो । तीन अंक जोडेको बोर्नमाउथ दोस्रो स्थानमा छ । पाँच खेलबाट चार अंकसहित ब्राइटन १४ औं स्थानमा छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार