पालको बसाईबाट कहिले छुट्करा पाउने ?

ऋषी राई

बेलबारी : बाढीले बगाएपछि मोरङ बेलबारीका आठ घरपरिवार पूर्ण रुपमा विस्थापित भएका छन् ।

गत २७ र २८ साउनमा अविरल वर्षा हुँदा बेलबारी-१, भेडाका आठ परिवार पुर्ण रुपमा विस्थापित बनेका हुन् । अविरल वर्षापछि लोहोन्द्रा खोलामा आएको बाढिले आठ घरका ३२ जना विस्थापित भएका हुन् ।

पीडित परिवार हाल बर्डागी चौरमा अस्थायी टेण्डमा बस्दै आएका छन् । खुल्ला चौर र नजिकै घना जङ्गल भएको कारण राती सुत्दा जङ्गली जनावरले हानी पुर्‍याउने हो कि भन्ने चिन्ता छ उनीहरूमा ।

त्रासीत अवस्थामा सुत्न परेको एक पीडित विनिता ऋषिदेवले बताइन् । पानी पर्दा पीडितहरू नजिकैको विधालयमा शरण लिने गरेको बताउँछन् । खुला चौरको वासले गर्दा विशेष गरि गर्भवती महिला, बालबालिका र वृद्ध वृद्धाहरूको स्वास्थमा समस्या देखापर्न थालेको बताउँछिन् विनिता । हाल उनी गर्भवती पनि छिन् ।

यसरी पाल मुनी बस्नु पर्दा धेरै समस्या हुने गरेको विनिताको भनाई छ । बेलाबारी नगरपालिका र अन्य विभिन्न संघ सस्थाले दाल, चामल, खाने तेल, म्याट, टेण्ड लगायतका राहत सामग्रीहरू बितरण गरे । तर त्यो पुर्ण रुपमा पर्याप्त भने छैन । तत्काल खाने कुराको समस्या नभए पनि अब कसरी घर बनाउने ? भन्ने चिन्ताले सताउँछ कानुन ऋषीदेवलाई ।

हाल उनीहरूले पुर्नस्थापनाका लागि बेलबारी नगरपालिका र अन्य विभिन्न संघसस्थाहरूलाई आग्रह गर्न थालेका छन्

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार