सुर्योदयमा युवा सचेतना समूह

नयाँ बुलन्द

सुर्योदय : इलामको सुर्योदय नगरपालिका ११ र १२ (साविक पञ्चकन्या) मा युवा सचेतना समूह गठन भएको छ ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को आयोजनामा सञ्‍चालित ‘स्थानीय समुदायलार्इ सचेत पार्दै जिम्मेवार निकायलार्इ जवाफदेही बनाउन पहल परिचालन’ अन्तर्गत समूह गठन भएको हो । यसअघि माधयमिक विद्यालय स्तरीय रहेको युवा समूहलार्इ समुदाय स्तरको निर्माण गरिएको इन्सेक इलामका सहजकर्ता सुरेश पोर्तेलले जानकारी दिए ।

विपन ढकालको अध्यक्षतामा गठित १५ सदस्यीय समूहका उपाध्यक्षमा प्रिया रार्इ, सचिवमा आशा तामाङ, सहसचिवमा सुनिल तामाङ र कोषाध्यक्षमा उषा लिम्बू रहेका छन् । त्यस्तै सदस्यहरुमा रञ्जु प्रधान, सुमी प्रधान, रसिला रार्इ, स्मृति शर्मा, मनिसा रार्इ, सुप्रिम लेप्चा, संगिता अधिकारी, मेनिका रार्इ, फुर्वा शेर्पा र सुजन रार्इ रहेका छन् ।

समूहले युवाहरुको क्षेत्रमा विभिन्न क्रियाकलापहरु गरी सचेतना फैलाउने कार्य गर्ने जनाइएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार