नयाँ बुलन्द
इलाम : गाउँपालिकाको कार्यालय उपयुक्त स्थानमा राख्न सन्दकपुर गाउँपालिका वासीले माग गरेका छन् । गाउँ परिषदबाट देउराली वजार आसपासमा केन्द्र राख्ने निर्णय गरेको थियो । तत्कालिन (सुलुबुङ गाविस) को देउराली नजिकै केन्द्र राख्दा मावु, जमुना, माइमझुवा लगायतका वासिन्दालाई अपायक पर्ने उनीहरुको भनाई छ ।
माबु, जमुना, सुलुबुङ, माइमझुवा लगायतका स्थानिय बिहिबार जिल्ला समन्वय समिति इलाममा आएर जिल्लाका राजनीतिक दल तथा जिल्ला समन्वय समितिका पदाधिकारीसँग छलफल समेत गरेका छन् ।
हाल कायम गरिएको केन्द्र भौगोलिक अवस्थामा समेत विकट पर्ने र अन्य वडाका वासिन्दालाई सेवा लिन सास्ती पर्ने सुलुबुङका सन्तोष खतिवडाको भनाई छ ।
जिल्ला आएका स्थानिय वासिन्दाले निर्णय कार्यान्वयन हुन नदिने भन्दै मन्त्रालयमा डेलिगेसन जाने निर्णय समेत गरेको मावुका दिपेश गुरुङले वताउनुभयो । बैज्ञानिक मापदण्ड अनुसार गाउँपालिकाको केन्द्र कायम गरिनु पर्ने असन्तुष्ठ पक्षको माग रहेको छ ।
कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापती हिमालय कर्माचार्य, नेकपा एमालेका जिल्ला सह–सचिव उमेश गुरुङ, माओवादी केन्द्रका जिल्ला संयोजक धिरेन्द्र शर्मा (रमण), सङ्घिय समाजवादी फोरमका जिल्ला उपाध्यक्ष बखतबहादुर आङदाम्वे लगायत स्थानिय वासीको उपस्थिती रहेको थियो ।