नयाँ बुलन्द
मोरङ : अन्तर्राष्ट्रिय श्रम संगठन १६९ सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम सुरु भएको छ ।
मोरङको लेटाङ नगरपालिकाको ९ नम्बर वडामा तालिम एक कार्यक्रम बिच उदघाटन गरिएको हो । नेपाल आदिवासी जनजाति महासंघ मोरङका अध्यक्ष मिलन कुमार राइले दीप प्रज्वलन गरि उद्घाटन गरेका हुन ।
कार्यक्रममा नगरपालिकाका प्रमुख शङ्कर राई, उपप्रमुख कृष्ण कुमारी निरौला, महासंघका जिल्ला सदस्य रमानन्द मन्डल, किरात याक्थुङ चुम्लुङका राष्ट्रिय परिषद् सदस्य फिपराज पेखा, किरात राई यायोख्खाका सन्त राई लगायतले सम्बोधन गरेका थिए ।\
लाहुरनिपका गोपाल देवानले सहजीकरण गरेको तालिमनेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय परिषद् आयोजना गरेको हो । तालिम भदौ ३० गतेसम्म चल्नेछ ।