वाल दिवसमा विविध कार्यक्रम

नरेन इलामेली

माईजोगमाई : इलामको माइजोगमाई गाउँपालिका १ प्रेमेजुङ स्थित शिवमाई माध्यमिक विद्यालयमा वालदिवस बिशेष दुई दिने कार्यक्रम समपन्न भएको छ ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष शालिग्राम पौडेलको अध्यक्षता, स्रोत केन्द्र नयाँबजारका स्रोत व्यक्ति केशवराज पौडेलको प्रमुख आतिथ्यता, पुर्व शिक्षक तथा नेपाल लाइफ इनस्योरेनस कम्पनी इलाम शाखाका बरिष्ठ एजेन्सी मेनेजर भक्तिप्रसाद भट्टराई तथा स्वास्थ्य व्यवस्थापन समिति नयाँबजारका सदस्य तथा वडा नं १ का वडा सदस्य देवि खरेलको विशेष आतिथ्यताना कार्यक्रम समपन्न भएको हो ।

विद्यालयको आयोजना तथा स्वास्थ्य व्यवस्थापन समिति नयाँबजारको सहयोगमा भएको कार्यक्रममा आधारभुत तह अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगिता, स्थानीय स्तरमा संचालित रहेका समुहहरुको अन्तर समुह हाजिरिजवाफ प्रतियोगिता, विद्यालयको अन्तर सदन हाजिरिजवाफ प्रतियोगिता, चकलेट दौड पिठोमा मुखले पैसा टिप्ने खेल, गायन, नृत्य लगायतका प्रतियोगिता साथे लघु नाटक समेत प्रस्तुत गरिएको थियो ।

अन्तर विद्यालय हाजिरिजवाफ प्रतियोगितामा क्रमशः शारदा आधारभुत विद्यालय लप्सिबोटे प्रथम , शारदा आधारभुत विद्यालय संखाबुङ्ग द्वितीय शिवमाई माबि तृतीय र हिसे हुसेरफ सेरप राडलिङ बौध आधारभुत विद्यालय सान्तवना तथा खुल्ला अन्तर समुह हाजिरिजवाफ प्रतियोगितामा हरिहर किर्तन मण्डली प्रथम, नव जागृति कृषि तथा पशुपालन समुह द्वितीय, क्रियाशिल युवा समुह तृतीय र महिला कल्याण कृषि समुह सान्तवना भएको थियो ।

त्यस्तै चकलेट दौडतर्फ शारदा आधारभुत विद्यालय लप्सिबोटेका भोजराज थामी प्रथम, शिवमाई माबिका अनमोल राई द्वितीय, शारदा आधारभुत विद्यालय संखाबुङ्गका गोविन्द कुँवर तृतीय तथा शिवमाई मा बि कि छात्रा मञ्जु आछामीले सन्तवना स्थान प्राप्त गरेकि हुन भने पिठो फुकेर मुखले पैसा टिप्ने खेलमा शारदा आधारभुत विद्यालय संखाबुङ्गका गोविन्द कुँवर प्रथम तथा शिवमाई माविका रुपेश राई द्वितीय भएका हुन् ।

सो कार्यक्रममा ‘बिना शिर्षकको कथा’ नामक लघुनाटक समेत प्रस्तुत गरिएको थियो । विद्यालयका शिक्षक पुर्ण ढुङ्गेलको लेखन तथा निर्देशनमा प्रस्तुत नाटकमा सोहि विद्यालयका बालकलाकारहरु अनिशा राई, समिक्षा भुजेल, कलिका पौडेल, अमृत राई, दिवश राई, पुष्कर राया, मुकेश खाति लगायतका कलाकारहरुको दमदार प्रस्तुति रहेको थियो ।  नाटकको माध्यमबाट छोरा र छोरी बिचको विभेद र त्यसले निम्त्याएको परिणामलाई देखाउन खोजिएको विद्यालयका शिक्षक तथा नाटकका सह निर्देशक पदम भट्टराईले बताए । कार्यक्रममा विद्यालयको नव निर्मित पुस्तकालयको समेत उद्घाटन गरिएको छ ।

उक्त कार्यक्रममा विद्यालयका शिक्षक पुर्ण ढुङ्गेलले अतिरिक्त क्रियाकलाप संचालनका लागि सहयोगार्थ एक थान साउण्ड सेट प्रदान गर्नु भएको छ भने पुर्व शिक्षक तथा नेपाल लाइफ इन्स्योरेनस कम्पनी इलाम शाखाका बरिष्ठ एजेन्सी मेनेजर भक्ति प्रसाद भट्टराईले हरेक वर्षको बालदिवशमा बर्षका उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गर्ने समेत घोषणा गरेका छन् । विद्यालयका शिक्षकद्वय पदम भट्टराई र शरण कुमार काफ्लेले संयुक्त रुपमा संचालन गरेको कार्यक्रममा कंचनजंघा एफएम विर्तामोडका संवाददाता सुवास लकान्द्रीको समेत विशेष प्रस्तुति रहरको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार